नियम ४९
अभिलेख राख्नु पर्ने
: (१) कोषले आफूले नियम ४३ बमोजिम सदस्य संस्थालाई दाबी भुक्तानी दिएको विवरण अनुसूची-२० को ढाँचामा तयार गरी राख्नु पर्नेछ ।
(२) सदस्य संस्थाले यस नियमावली बमोजिम सुरक्षण गरिएको कर्जाको क्रणीगत विवरण, कर्जा रकम, कर्जा प्रदान गरेको मिति, कर्जाको प्रयोजन र भुक्तानी गर्नु पर्ने मिति समेत खुलाई अभिलेख तयार गरी राख्नु पर्नेछ त्यस्तो अभिलेखमा कोषको पहुँच स्थापित गर्न आवश्यक प्रणालीगत प्रबन्ध गर्नु पर्नेछ।
(३) सदस्य संस्थाले वातावरण संरक्षण, जलवायु परिवर्तन, वैकल्पिक उर्जा प्रवर्द्धन, महिला उद्यमशीलता, हरित प्रविधिको विकास, नवप्रवर्तन जस्ता दिगो विकाससँग सम्बन्धित क्षेत्र तथा प्रयोजनका लागि कर्जा लगानी गरेको भए उपनियम (२) बमोजिमको अभिलेखमा कर्जाको प्रयोजन खुलाउँदा त्यस्तो दिगो विकासको क्षेत्र वा प्रयोजन स्पष्ट उल्लेख गरी अभिलेख राख्नु पर्नेछ।